काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फको दोश्रो चरणको म्याचिङको नतिजा प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले आइतबार नतिजा प्रकाशन गरेको हो । यस्तै आयोगले सशुल्कतर्फको भर्नासम्बन्धी सूचना समेत सार्वजनिक गरेको छ ।
भर्ना समयावधि माघ १५ देखि १९गतेसम्म तोकिएको छ । सःशुल्कतर्फको दोश्रो चरणको रि म्याचिङको नतिजा माघ २४ गते प्रकाशन हुने आयोगले जारि गरेको सूचनामा उल्लेख छ ।
स्नातक तह अन्तर्गतका विषयगत कार्यक्रमहरुको परीक्षा कात्तिक १८ देखि २२ गतेसम्म भएको थियो ।
प्रकाशित :- २०८० माघ १४, आईतबार

