काठमाडौँ, । सरकारले देशभरि नै दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतदेखि खोप अभियान संचालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ बर्ष मुनिका सवै बालबालिकालाई दादुरा दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गर्न थालेको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दिए ।
उनका अनुसार भारतसंग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका सवै बालबालिकालाई खोप लगाइने छ ।
यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई पनि खोप अभियान सहभागि हुने छ ।
जाजरकोट र पश्चिम रुकुममा गत भूकम्प गएपछि खोप अभियान संचालन गरिएको थियो । खोप शाखा प्रमुख डा. गौतमले जाजरकोटमा ९९ प्रतिशत र पश्चिम रुकुममा १०७ प्रतिशतले खोप लगाएको बताए ।
फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उहाँको भनाई रहेको छ ।
उक्त खोप अभियानमा करिव ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान संचालन गर्न थालिएको बताए ।
उनले खोप यहि हप्तादेखि नेपाल आउने बताए ।
दादृरा–रुवेला भएको वेला ज्वरो आउनु, शरिरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्या निमोनिया, कान पाक्ने,हुने गर्दछ ।
यस्तै सामान्यता दादुरा–रुवेला लागेका विरामीको आँखा पाकेर अन्धो हुने, कान पाकेर कानै नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या हुने गर्दछ ।

गतबर्ष १९ जिल्लामा दादुरा– रुवेला महामारीको रुपमा फैलिएको थियो ।

सवैभन्दा बढी सङ्क्रामक

दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछन् । “दादुरा–रुवेला कोरोना भाइरस भन्दा ६ गुणा बढी सङ्क्रामक हुन्छ” खोप शाखा प्रमुख डा. गौतमले भने,“त्यसैले हामीले गतबर्षको महामारी फैलिएको देखेर यसबर्ष देशभरि नै खोप अभियान संचालन गर्न थालेका हौ ।”
सामान्य समयमा यसको मृत्युदर १० प्रतिशत र भूकम्प, महामारी जस्ता वेला यसको मृत्युदर २० प्रतिशतसम्म पुग्ने उहाँको भनाई रहेको छ ।
दादुरा– रुवेला अन्य देशमा सवै उमेर समूहका मानिसमा देखिएपनि नेपालमा १५ बर्ष मुनिका बालबालिका बढी देखिने गरेको छ ।

 प्रकाशित :-  २०८० माघ ११, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय