काठमाडौँ, । तिलगंगा आँखा प्रतिष्ठानले आँखा वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्नका लागि ुअर्विटल फ्याक्चरु कार्यशाला गर्ने भएको छ ।
प्रतिष्ठानले यहि माघ ४ र ५ गते  आँखा वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्नका लागि ुअर्विटल फ्याक्चरु कार्यशाला गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पछिल्लो समय सडक तथा अन्य दुर्घटनाका कारणले गर्दा आँखामा लाग्ने चोट र असरहरुका विषयमा सबैको ध्यान गएको छ । ती मध्ये, आँखा वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्नु एक जटिल र कठिन शल्यक्रिया हो ।
प्रत्येक वर्ष तिलगंगा आँखा प्रतिष्ठानमा करिब ५०० बिरामीहरु आँखा चोटका कारण आउने गरेका छन् जसमध्ये ५० प्रतिशत भन्दा बढीलाई शल्यक्रिया आवश्यक हुन्छ । यस प्रतिष्ठानमा सन् २००४ देखी प्रा.डा. रोहित सैजुले आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना शल्यक्रिया गर्दै आएकी छन्
विगत एक वर्षदेखि हामीले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरेर मान्यताप्राप्त टाइटेनियम प्लेटहरू प्रयोग गरी जटिल फ्र्याक्चरहरु समेत पुर्नस्थापना गर्दै आएका छौं ।
कार्यक्रममा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरू, र म्याक्सिलोफेसियल सर्जनहरू समेटिने गरी करिब १०० जना सहभागि हुने छ ।
नेसनल युनिभर्सिटी हस्पिटल, सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजीसर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापित, म्याग्जीलोफेसियल सर्जन प्रा.डा. आलोक सग्तानी, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा.डा. रोहित सैजुको टोलीले पहिलो पटक आयोजना हुँदै गरेको अर्बिटल फ्र्याक्चर पुर्नस्थापना कार्यशाला सञ्चालन गर्नुहुनेछ ।
कार्यक्रमको दोस्रो दिन माघ ५ गते मा आँखामा थाइरोइड रोगले पार्ने असरहरुबारे चुनौतीपूर्ण केसहरूमा छलफल हुने कार्यशाला आयोजना हुनेछ । पछिल्लो समयमा थाइरोइडको समस्या भएका मानिसहरु बढ्दै गएको र यसले आँखा स्वास्थ्यमा पनि प्रभाव पारीरहेको विशेषज्ञहरुको अनुभव छ ।

 

 प्रकाशित :-  २०८० माघ ३, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय