काठमाडौँ । स्वास्थ्य विमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको स्वास्थ्य सुविधा योजनाको दायरा बढाउने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले योगदान रकममा पुनरावलोकन गरि स्वास्थ्य सुविधाको दायरा बढाइने बताए

“समय अनुसार स्वास्थ्य बीमाका कार्यक्रमलाई हामीले परिमार्जन गर्दै लगिरहेका छौ,”उनले भने “त्यही अनुसार विमितलाई ध्यान दिदै स्वास्थ्य कार्यक्रमका दायरा पनि बढाउने तयारीमा रहेका छौ ।”

अहिले पाँच जना परिवार सम्म सदस्य भएका परिवारले बार्षिक तीन हजार ५०० रुपियाँको योगदान रकम तिरी एक लाख रुपियाँसम्मको सुविधा लिन सक्ने व्यवस्था रहेको छ ।

पहिलो सामाजिक सुरक्षा कार्यक्रममा हुँदा दुई हजार ५०० योगदान रकम रहेको थियो । त्यसवापत ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाउने व्यवस्था रहेको थियो ।

उनले भने, “अहिले स्वास्थ्य बीमा ऐन विनियावली आएपछि दुई हजार पाँच सय रुपियाँबाट तीन हजार ५०० रुपिया योगदान रकम बनाइयो र ५० हजारबाट एक लाख बराबरको स्वास्थ्य सुविधा पाउने व्यवस्था गरियो । अहिले पनि हामीले थोरै रकम तिर्ने निश्चित र धेरै धेरै रकम तिर्नेलाई धेरै सुविधा प्रदान गर्ने भन्नेमा छलफल भइरहेको छ ।”

बोर्डले कार्यक्रमको दायरा बढाउनका लागि बोर्डका सदस्य डा.मुक्तिराम श्रेष्ठलाई एक महिनाभित्रमा प्रतिवेदन पेश गर्न जिम्मेवारी तोकिएको छ ।
यस्तै बोर्डले स्वास्थ्य विमा कार्यक्रमको सुविधाको थैलीको औषधीको शुल्कको पनि पुनरावलोकन गर्ने भएको छ ।

बोर्ड सदस्य जुनु श्रेष्ठलाई एक महिनाभित्र कार्यक्रमको सुविधाको थैलीमा भएको औषधी र सेवाको मूल्यको पुनरावलोकन कार्य गर्न जिम्मेवारी दिइएको छ ।

विमितको संख्या बढाउनका लागि प्रत्येक स्थानीय तहमा स्थानिय स्वास्थ्य विमा संयोजन समिति गठन गरेर स्थानीय तहमा बीमाबारे जनचेतना जगाउने र विमित संख्या बढाउने उनको भनाई रहेको छ । उनले प्रत्येक बडामा रहेका दर्ता सहयोगीले विमितलाई बीमा कार्यक्रमबारे बुझाउने र सहभागिता गराउने बताए ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य मन्त्रालय अन्तर्गतका सवै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ल्याउन पहल गरिने बताए ।

अहिले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कार्यक्रममार्फत पनि स्वास्थ्य बीमा गरिएको छ ।

सरकारले २०७२ चैत २५ गते गुणस्तरिय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य विमा कार्यक्रम लागु गरेको हो । अहिले ७७ जिल्लामा लागु गरिएको स्वास्थ्य विमा कार्यक्रम मार्फत

एक देखि ५ जनासम्म परिवारले प्रत्येक बर्ष विमितवापत तीन हजार ५०० रुपियाँ र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप सात सय रुपिया थप्नुपर्ने छ ।

अहिलेसम्म कुल ७४ लाख ६६ हजार सात जना बीमा आवद्ध रहेको र तिमध्ये ३४ लाख ७६ हजार ७७८ जनाले बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले जानकारी दिइन । उनका अनुसार अहिले सक्रिय विमित ४८ लाख ५९ हजार ५१५ जना रहेका छन् ।

 

 प्रकाशित :-  २०८० पौष २६, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय