काठमाडौँ, । कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन.१ देखिएपछि विमानस्थल पनि जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्ध विनोदकुमार पन्तले विमानस्थललाई परिपत्र जारी गर्दै कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन.१ संक्रमण देखेकोले रोकथाम र नियन्त्रण गर्नका लागि देशभरिका विमानस्थललाई जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि जनस्वास्थ्यका सवै मापदण्डहरु (जस्तै भीडभाडमा नजानु, भौतिकदुरी कायम गर्नु, मास्कको प्रयोग गर्न, सावुनपानीले हात धुन) पालना गर्न र गराउन सवै विमानस्थलहरु सम्बद्ध एयरलाइन्सलाई निर्देशन जारि गरिएको उनले
जारी गर्नु भएको परिपत्रमा उल्लेख गरिएको छ ।
यस्तै मन्त्रालयले सङ्क्रामक दर बढी भएकोले भीडभाड हुने स्थानहरु जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाईमा ध्यान दिन सवैलाई अनुरोध गरेको छ ।

