प्रशान्त वली, काठमाडौं । ट्रमा सेन्टरमा एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा विरामी मर्कामा परेका छन् । ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट) हरुका लागि आवश्यक पर्ने एमआरआइ मेसीन नहुँदा विरामीहरु मारमा परेका हुन् । ट्रमाका निर्देशक डा.बद्री रीजालले एमआरआई मेसिन नहुँदा विरामीलाई अन्यत्र पठाउनुपर्ने र महगों शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको बताए ।

ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तबरबाट नहुँदा विरामीहरु मर्कामा परेको बताए । स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका विरामीहरु अप्रेसन गरिसकेपछि पुर्नस्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने डा.रिजालको भनाई छ । डा.रिजालले ट्रमाका विरामीलाई मध्यनजर गर्दै फिजियोथेराफी सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएका मध्ये ८० प्रतिशत विरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा.रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना विरामी आउने गरेको र त्यस मध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए । हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ ।

उनले अस्पतालमा विरामीको चाँप हुने गरेकाले दुई सय १८ शैया सञ्चालनमा रहेको जानकारी बताए । डा.रीजालले सेवा प्रवाहलाई चुुस्त दुरुस्त बनाउन जनशक्ती अभाव भएको बताए । ट्रमामा झण्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरीक स्रोत लगायतबाट झण्डै तीन सय गरि ६ सय जना कर्मचारी कार्यरत छन् ।

 प्रकाशित :-  २०८० पौष २३, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय