काठमाडौँ २० चैत | नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलन आजदेखि संघीय राजधानी काठमाडौँमा सुरु हुँदैछ। देशभरका आयुर्वेद चिकित्सकहरूको साझा संस्थाको रूपमा रहेको यस संघले आफ्नो नीतिगत रणनीति र पेसागत विकासका लागि यो सम्मेलन आयोजना गरेको हो।
संघकी महासचिव डा. कोपिला अधिकारीले दुई दिनसम्म चल्ने उक्त सम्मेलन बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना गरिनेछ ।
राष्ट्रिय सम्मेलनमा देशभरका आयुर्वेद चिकित्सकहरू सहभागी हुनेछन् ।
प्रकाशित :- २०८२ चैत्र २०, शुक्रबार

