काठमाडौं- कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन्।
उनका अनुसार अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसियु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेशथेसिया वर्कस्टेशन प्रयोग नै नभई थन्किएका छन्। कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए।
महाशाखाका निर्देशक डा शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए। प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ।

