काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगिता कौशल मिश्रा सिफारिस भएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष डा. मिश्रा सहित पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छन् । डा. मिश्रा मन्त्रालयकी अतिरीक्त सचिव हुन् ।
उनी मन्त्री हुने भएपछि आज आइतबार अतिरिक्त सचिवबाट आज राजीनामा दिएकी हुन् । २०७९ भदौ २२ मा डा. मीश्रा स्वास्थ्य सेवा तर्फ १२औं तह (प्रमुख विशेषज्ञ) मा बढुवा भएकी थिइन् । स्वास्थ्य सचिव नियुक्तिमा असन्तुष्टि जनाएर झन्डै ६ महिना बिदामा बसेकी उनी मन्त्री बन्ने भएपछि गत बिहिबार मन्त्रालय फर्किएकी थिइन् ।
डा. मिश्राको संक्षिप्त जीवनी
डा. संगीता कौशल मिश्राले आफ्नो प्रारम्भिक अध्ययन भारतको राँचीमा अवस्थित Ursuline Convent Girls High School सन् १९८९ मा एसएलसीमा राम्रो नम्वर ल्याएर उत्तीर्ण गरेपछि Ranchi Women’s College बाट सन् १९९१ मा आईएससी पुरा गरिन् । आफ्नो डाक्टर पढ्ने इच्छा मुताविक राजेन्द्र मेडिकल कलेज भारतबाटै एमबीबीएस अध्ययनको थालनी गरिन् र सन् २००० मा अध्ययन पुरा गरिन् ।
एमबीबीएसको अध्ययन पुरा गरेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको रुपमा मे २००० देखि डिसेम्वर २००१ सम्म त्यहाँ कार्यरत रहिन् ।
त्यसपछि उहाँको सरुवा कान्ति बाल अस्पतालमा इमरजेन्सी मेडिकल अफिसरको रुपमा भयो । जहाँ वहाँले डिसेम्वर २००१ देखि जुलाई २००२ सम्म कार्यरत रहिन् । यसै बीचमा उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २००५ मा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा आफ्नो स्नात्तकोत्तर तह (एमडी) को अध्ययन पुरा गरिन् ।
एमडीको अध्ययनलाई पुरा गरेपछी उहाँले आफ्नो अध्ययनको दायरालाई फराकिलो बनाउने उद्देश्यले प्राध्यापन पेशा अवलम्वन गर्दै दुई बर्ष (अगष्ट २००७ देखि अगष्ट २००९ सम्म) नोवल मेडिकल कलेजमा लेक्चररको रुपमा अध्यापन गराइन् । यही दौरानमा उहाँले John Hopkins Bloomberg School of Public Health, बाल्टिमोर, अमेरिकाबाट जनस्वास्थ्य विषयमा स्नात्तकोत्तर MPH गर्नुभयो र एमपीएच पुरा गरेपछि पुनः सरकारी सेवालाई निरन्तरता दिंदै कोशी अञ्चल अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा काम गर्न थालिन् ।
कोशी अस्पतालमा तीन बर्ष (अक्टोवर २००९ देखि नोभेम्वर २०१२ सम्म) काम गरेपछि सरकारी सेवालाई पुनः केही समयको लागि विश्राम दिंदै गोल्डन अस्पतालमा सेवा शुरु गरिन् । मिश्रा परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको निर्देशक समेत भइन् । यस्तै स्वास्थ्य सेवा विभागको महानीर्देशकको जिम्मेवारीमा समेत रहेर काम गरिन् ।

