हरेक नेपालीसँग जोडिएको स्वास्थ्य क्षेत्र र यसबारे सामाग्री पस्कने स्वास्थ्य पत्रकारिता सबैको प्राथमिकता र चासोको पत्रकारिताको एउटा महत्वपूर्ण विधा हो । अझ कोरोना भाइरसको महामारीसंगै स्वास्थ्य पत्रकारितालको दायरा बढेको छ ।
अहिले हरेक सञ्चारमाध्यममा स्वास्थ्यका समाचारलाई प्राथमिकता दिन थालिएको छ ।

स्वास्थ्य सम्बन्धी समाचार÷लेखरचनाको माग बढ्दो अवस्थामा छ । अझ जनताको अपेक्षा अनुसारको र जनतालाई सचेतना जगाउने गरी खोजपूर्ण र तथ्यगत समाचार आउन नसकेको गुनासो पनि छ । यस्तो अवस्थामा सत्य, तथ्य, निष्पक्ष, सन्तुलित र गहन सामाग्री प्रकाशन गर्ने उद्देश्यसहित हामी नयाँ धारको न्यूज पोर्टल ‘हेल्थपत्र डटकम’ लिएर पाठक, विज्ञापनदाता समक्ष आएका छौ ।

स्वास्थ्य पत्रकारिताको भीडमा आफूलाई जन्माउँदा छुट्टै किसिमको कर्तत्ववोध र दायित्व हामीमा भएको सम्झेका छौ । हामी स्वस्थ रुपमा पत्रकारिता गर्दा कसैसंग नडगमगाई, निर्भिक रुपमा कलम चलाउने छाँै । हाम्रा कलमले स्वास्थ्य क्षेत्रका विकृति, विसंगतिलाई चिरफार गर्ने छ र गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा पहलकदमी लिने छ ।

हामी स्वास्थ्य क्षेत्रका विकृति, विसंगतिका विरुद्ध र राम्रो कामको पक्षमा कलम चलाउने प्रतिवद्धता व्यक्त गर्दछौ । हाम्रो पत्रकारिता स्वस्थ्य र गुणस्तरिय स्वास्थ्यमा केन्द्रीत हुनेछ ।

खबरदारी र पहरेदारीसँगै सफलताहरूलाई सकारात्मक रुपमा पस्कने एउटा शसक्त अनलाइन न्यूज पोर्टलको रुपमा ‘हेल्थपत्र डटकम’लाई अघि बढाउने हामीले योजना बनाएका छौँँ । हामी यो मानेमा फरक हुन्छौ कि हामी समाचार र लेख रचनालाई बिरामी र जनतासँग जोड्न चाहान्छाँै । ‘हेल्थपत्र’ सबैको मन मनलाई जोड्ने एउटा पत्र बन्नेछ । त्यो जोड्नका लागि हामी सबै किसिमको पहल र प्रयत्न गर्नेछौ ।

 प्रकाशित :-  २०८० पौष १६, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय