काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन अध्ययनका लागि विज्ञ टोलीको खोजी गरेको छ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाको स्थलगत अवलोकन गरी अवस्था, बीमितको समस्या, दाबी व्यवस्थापन तथा भुक्तानी व्यवस्था समेतलाई स्वतन्त्र विषय विज्ञबाट स्थलगत अध्ययन तथा छलफलबाट प्रतिवेदन पेश गराउनका लागि बोर्डले विज्ञ टोलीको खोजी गरेको हो ।

चिकित्सा शास्त्रमा स्नात्तोकोतर गरी काउन्सिलमा दर्ता भएका, एमबीबीएस उत्तीर्ण भएका तथा मेडिकल काउन्सिलमा दर्ता भएका, फार्मेसी विषयमा स्नातक उतीर्ण गरी फार्मेसी काउन्सिलमा दर्ता भएका इच्छुक व्यक्तिले बिमा बोर्डको इमेल ठेगाना मार्फत् आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

 प्रकाशित :-  २०८० पौष १२, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय