काठमाडौं, । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्लले जिम्मेवारी पाएका छन् ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले नयाँ कार्यकारी निर्देशकको नियुक्त नहुँदा सम्मका लागि उनलाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन्।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा.चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो।
डा अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो।
प्रकाशित :- २०८० पौष ११, बुधबार

