काठमाडौँ, । सर्बोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
यायाधीशद्धय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले कार्यकारी निर्देशक डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको हो ।
डा.बसौलालाई गत असोज २६ गते स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले विभिन्न आरोप लगाउँदै तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।
यसअघि सर्वोच्चले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई नहटाउन आदेश दिएको थियो । स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्प्तालका निर्देशक डा. पौडेललाई हटाएका थिए ।
पछिल्लो समय स्वास्थ्य मन्त्री बस्नेतले गरेका प्राय सबै निर्णयहरु सर्बोच्चले उल्ट्याइदिएको छ ।

