काठमाडौं, २१ भदौ । सरकारी तीन प्रतिष्ठानले यस बर्षदेखि चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमविविएस)मा पढाई संचालन गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले तीन सरकारी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट तोकेको छ।
आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।

आयोगले तीन वटै प्रतिष्ठानलाई ५०/५० जना विद्यार्थी पढाउन मिल्ने गरी सिट निर्धारण गरेको हो।

 प्रकाशित :-  २०८१ भाद्र २१, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय