कठमाडौँ, ८ भदौ । अपाङ्गता भएका युवाहरुको डिजिटल प्रविधिमा पहुँच पुग्न नसकेका बताइएको छ ।
नेत्रहिन युवा सङ्घ, नेपाल आयोजना गरेको ‘दिगो विकासका लागि डिजिटल प्रविधी र पहुँचमा सुदृढिकरणः अपाङ्गता भएका युवाहरूको सशक्तिकरण राष्ट्रिय संवाद् ’ बिषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय युवा परिषद्का सदस्य कलाधर भण्डारीले डिजिटल प्रविधीले मुलुकमा छलाङ मारिसके पनि अपाङ्गता भएका व्यक्तिको पहुँच अझै नपुगेको बताए ।
उनले अपाङ्गता भएका व्यक्तिको डिजिटल प्लेटफर्ममा पहुँच कायम गराउनको लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउन, सचेतना जगाउन तथा भावी कार्य–दिशा पहिल्याउन आवश्यक रहेको बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सबिता दङ्गालले बालबालिकाहरूका लागि लक्षित गरेर विभिन् कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै पुस्तकहरु ब्रेल लिपीमा, डिजिटल भर्जनमा र अडियो भर्जनमा तयार गरेर राखेको र टेलिभिजन कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएकी छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका बरिष्ठ जनस्वास्थ्य शिक्षा अधिकृत शिला श्रेष्ठले यौनिक तथा प्रजनन् स्वास्थ्य, नसर्ने रोगहरूलगायत सबै किसिमका स्वास्थ्य सम्बन्धी सुचना तथा संचार सामाग्रीहरू पहुँचयुक्त ढाँचामा जस्तै ब्रेल, ठूलो छापा, सरल भाषा र चित्रसहितको सामाग्री, अडियो भर्जन तयार पारि प्रशारण गरेको बताइन् ।
उनले पछिल्ला वर्षमा भिडियो सामाग्रीहरूमा साङ्केतिक भाषा बनाउन थालिएको भन्दै सबै सामाग्रीहरूलाई क्रमैसँग अपाङ्गता–मैत्री बनाउन थालिएको बताइन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समन्वय शाखा प्रमुख नीरा अधिकारी अपाङगता मैत्री डिजिटल प्रविधिको विकास गर्नुपर्ने बताइन् । उनले पहुँचयुक्तताको कुरा धेरैले सुनेको भए तापनि प्राथमिकतामा राख्न नसकेको बताइन ।
उनले अपाङ्गता भएका व्यक्तिलाई केन्द्रीत गर्दै पहुँचयुक्त ढाँचामा विषयवस्तू विकास, गनुर्पे बताइन ।

लैङिगक समानता विज्ञ समिरराज घिमिरेले अपाङ्गता समावेशिकरणमा केहि राम्रा सुरुवात भएको बताए ।
उनले कानुनी रुपमा प्रगतिशिल भए पनि अपाङ्गता समावेशीकरण र पहुँचयुक्तताको सवालमा जुन गतिमा काम गर्नुपर्ने हो त्यो हुन नसकेको बताए ।
नेत्रहिन युवा सङ्घ नेपाल कार्यक्रम अधिकृत निर श्रेष्ठले कानून बनाएर अपाङ्गता भएका व्यक्तिको डिजिटल प्रविधी पहुँच बढाउनुपर्नेमा जोड दिए ।

 प्रकाशित :-  २०८१ भाद्र ८, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय