काठमाडौँ, । वागमती प्रदेशका दुई सयसम्म शैय्याका अस्पतालहरु नविकरण विना नै संचालन भइरहेका छन् ।
वागमती प्रदेशमा संचालनमा रहेका २६ देखि २०० शैय्याका अस्पतालहरु नविकरण विना नै संचालन भएको पाइएको हो ।
नीजि अस्पतालको छाता संगठन एसोसियन अफ प्राइभेट हेल्थ इन्स्टिच्युटसन अफ नेपाल (अफिन)का अध्यक्ष डा. पदमवहादुर खड्काले नविकरण नहुँदा वागमती प्रदेशले स्वास्थ्य संस्था स्थापना, स्तर उन्नति तथा नविकरण सम्बन्धि ऐन नबनाउदा नविकरणमा समस्या भएको बताए ।
मुलुक सङ्घीयतामा गएसगै २६ देखि २०० शैय्या अस्पतालको स्थापना तथा नविकरण गर्ने अधिकार प्रदेश सरकारलाई प्रदान गरिएको छ ।
उनले नविकरण नहुँदा आफूले विना नविकरण नै संचालन गरिरहेको बताए । “कानून नबन्दा हाम्रा सय जति अस्पताल नविकरण हुन सकेको छैन” उनले भने, “जसका कारण हामीलाई बैंकबाट कारोवार गर्नेदेखि नयाँ उपकरण खरिद गर्न समेत समस्या भएको छ ।”
ति अस्पताल २०७५ सालदेखि नविकरण भएका छैनन ।
उनका अनुसार अस्पतालका हरेक काम गर्न नविकरणको कागजात चाहिने भन्दै उहाँले सरकारका कार्यक्रम डायलाईसिस, सामाजिक इकाइ सेवाबाट दिइने जस्ता कार्यक्रम संचालन गर्न र संचालन भइरहेका भुक्तानीको रोकिएको बताए ।
यस्तै स्वास्थ्य विमाको भुक्तानी रोकिएको र नयाँ आवद्ध हुन पनि बन्चित भएको उनको भनाई रहेको छ ।
यस्तै उनले जनस्वास्थ्य ऐन २०७५ तथा नियामावली २०७७ को परिच्छेक ४ को नियम १३ (१) वमोजिम अस्पतालको इजाजत पत्र प्रत्येक पाँच बर्षमा नविकरण गर्ने प्रावधान भए पनि कार्यान्वयन नभएको बताए ।

