त्रिवेणी (रुकुम पश्चिम), ३१ साउनः रुकुम पश्चिममा एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मुसिकोट नगरपालिका–११ माथिल्लो स्यावाङकी अन्दाजी १९ वर्षीया सीता विकलाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाएको हो ।

घरमा सुत्केरी भई बुधबार जिल्ला अस्पताल सल्ले आएकी सीतालाई राष्ट्रपति महिला उथान एकाइ कार्यक्रमअन्तर्गत थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो ।

बुधबार घरमै बच्चालाई जन्म दिएकी सीताको साल बाहिर ननिस्किएपछि जिल्ला अस्पताल सल्ले ल्याएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल पठाइएको हो ।

 प्रकाशित :-  २०८१ श्रावण ३१, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय