काठमाडौँ, २४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सवै कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान संचालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्र गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयले गतबर्ष पनि े डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान संचालन गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले आआफ्ना कार्यालयमा डेङ्गी रोगको सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम संचालन गर्न पनि निर्देशन दिएको छ ।
उनले सरकारी अस्पतालमा डेङ्गी रोगका विरामीको उपचार खर्च सरकारले व्यहोर्ने समेत बताए ।

मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको उपचार व्यवस्थापन मिलाउने आग्रह गर्दै अस्पतालमा परिसरमा डेङ्गी डेक्स स्थापना गरि फोकल पर्सन तोक्न भनिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकोले सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न प्रदेश र स्थानीय तहको पनि उल्लेखनिय सहयोग आवश्यक रहेको उहाँको भनाई रहेको छ ।
उनका अनुसार यसबर्ष ७३ जिल्लाका दुई हजार ३६५ जनामा डेङ्गी सङ्क्रमण र एक जनाको निधन भइसकेको छ ।
उनले अहिलेको संख्या हेर्दा अघिल्लो बर्षको तुलनामा विरामीको सङ्ख्या बृद्धि नभएपनि सतर्कता अपनाउनुपर्ने बताए ।

 प्रकाशित :-  २०८१ श्रावण २४, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय