काठमाडौँ, । हैजाका विरामी दिनप्रतिदिन बढ्दै गएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार हैजाका विरामी चार जिल्लामा देखिएका छन् । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र प्यूठानमा हैजाका विरामी देखिएको बताए ।
उनका अनुसार ति चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएका छन् ।
ललितपुरमा १९ जना, काठमाडौँमा एक जना, कैलालीमा ८ र प्यूठानमा दुई जना हैजाका विरामी पुष्टि भएका छन् ।
हैजा अति सङ्क्रामक र शिघ्र फैलिने झाडापखाला भएकोले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।
सङ्क्रमणले गम्भिर अवस्थामा पुर्याउदा आँखा गाडिने, मुख, जिव्रो र घाँटी सुख्खा हुने, पिसावको रंग पहेलो हुने, रक्तचाप कम हुने, मुटुको धडकन अनियन्त्रि हुने र वेहोस हुने गर्दछ ।
हैजाका विरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशत मृत्यु हुने सम्भावन हुने गर्दछ ।
झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ खानुहुदैन । पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनको साथै चर्पीको प्रयोगग र दिशापिसाव गरेसकेपछि सावुन पानीले मिचिमिची हात हुन महाशाखाले अनुरोध गरेको छ ।

 प्रकाशित :-  २०८१ श्रावण २२, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय