टीकापुर  १ साउन ।। टीकापुर अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ। मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।

उनका अनुसार अस्पतालमा छुट्टै डाइलासिस कक्ष निर्माण गरिएको छ। सो कक्षमा पाँच वटा बेड र एउटा आरो प्लान्ट लगायत सुविधा रहेका छन् ।अध्यक्ष सोडारीले सङ्क्रमणरहित कक्षबाट सेवा सुरु गरिएको बताए।

‘डाक्टर सन्देश पण्डित नेतृत्वको तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको टिमबाट आइतबारदेखि डाइलासिस सेवा गरिएको हो’ उनले भने ‘यस क्षेत्रका बिरामीहरूलाई महँगो डाइलासिस सुविधा अब टीकापुर अस्पतालबाटै प्रदान गर्नेछौं, यो यस क्षेत्र बासीकै लागि खुसीको खबर हो।’

मिर्गौला सम्बन्धी उपचार गर्नका लागि हाल टीकापुर अस्पतालमा ३० जना बिरामीले नाम दर्ता गराएको डाक्टर सन्देश पण्डितले जानकारी दिए।

 प्रकाशित :-  २०८१ श्रावण १, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय