काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले राजीनामा दिएका छन् । यादवले आज शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष स्वास्थ्य मन्त्रीबाट ५३ औं दिन राजिनामा दिएका हुन् । यादव २०८१ वैशाख ३१ मा स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।

यादवको पार्टी जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सो पार्टीबाट स्वास्थ्य मन्त्री यादवका साथै बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खान छन् ।

 प्रकाशित :-  २०८१ अषाढ २१, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय