काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउन क्यालेण्डर बनाएर काम गर्ने भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले मंगलबार काठमाडौँमा आयोजना गरेको स्वास्थ्य प्रवर्धन सेवा सम्वन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा बागमतीका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्यका निति योजना सफल बनाउन कार्यतालिका बनाइने बताउनुभएको हो ।
उहाँले स्वास्थ्य सचेतनाले रोगको रोकथाम हुने भन्दै जनचेतना प्रवद्र्धन अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता समेत रहनुभएका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश बिष्टले मन्त्रालयले चालु आर्थिक बर्षमा गरेका काम, प्राप्त उपलव्धी संगै आगामी आर्थिक बर्षमा गर्न खोजिएका काम बारे विस्तृत रुपमा प्रस्तुति सहित जानकारी गराउनुभयो ।

उहाँले विशेषज्ञ चिकित्सक उत्पादन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तहको अध्ययन तथा अध्यापन सुरुवात गर्न चिकित्सा शिक्षा आयोगसँगको समन्वयमा कार्यक्रम स्वीकृतिको प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

उहाँले एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रम बागमती प्रदेशका ११९ वटै स्थानीय तहमा निरन्तर कार्यान्वयन भइरहेको बताउनुभयो । बिष्टले चालु आर्थिक वर्षमा थप ३२९ माध्यमिक विद्यालयमा विस्तारका लागि विद्यालय नर्स छनौट भई नियुक्ति प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

बागमति प्रदेशमा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रबाट चौबीसै घण्टा निःशुल्क हटलाईन सेवा १०२ मार्फत एम्बुलेन्स डिस्प्याच सेन्टर निरन्तर सञ्चालनमा रहेको छ ।

 प्रकाशित :-  २०८१ अषाढ १८, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय