काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले साउनमा स्वास्थ्य क्षेत्रमा जिम्मेवारी हेरफेर हुने योजना सुनाएका छन् । मन्त्री यादवले सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै एउटै व्यक्तिलाई लामो समयसम्म एउटै जिम्मेवारी दिइनु उचित नहुने भएकाले साउनपछि स्वास्थ्य क्षेत्रमा जिम्मेवारी हेरफेर हुने सङ्केत गरेका हुन् । यादवले भने, एउटै व्यक्तिलाई धेरै जिम्मेवारी दिने परिपाटीसमेत अन्त्य गर्न लागिपरेको छु । मलाई विश्वास गर्नुहोस्, स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्नेछु ।’
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताए ।
देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेको जानकारी दिए ,।
फरक प्रसङ्गमा मन्त्री यादवले जनशक्ति अभाव भएका बेला करारमा पनि दक्ष व्यक्तिलाई काम लगाउन अस्पताललाई निर्देशन दिइएको बताए ।

