काठमाडौँ, १७ असार ः सरकारले कोरोना भाइरसको कोरोना विरुद्ध खोप ल्याउन थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एण्ड इमुनाइजेसन ( गाभी)बाट अनुदानमा हिजो असार १६ गतेदेखि ल्याउन थालेको हो ।
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले हिजादेखि अव लगातार पाँचदिनसम्म १६ लाख मात्रा खोप आउने बताए ।
उनका अनुसार हिजो ४६ हजार ८० मात्रा खोप ल्याइएको हो ।
नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ देखिएसंगै सरकारले खोप ल्याएको हो ।
उहाँले ल्याइएको खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दिर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई लगाइने बताउनुभयो ।सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने गरिन्छ ।

 

 प्रकाशित :-  २०८१ अषाढ १७, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय