काठमाडौँ। चौधरी समूहको उत्पादन रहेको वाईवाई चाउचाउमा क्यान्सर गराउने रसायन भेटिएपछि  देशभर यसलाई बहिष्कार हुन थालेको छ। यस्तो रसायन भेटिएपछि  बहिष्कारको क्रम बढ्न थालेको छ।

वाई वाई चाउचाउमा  क्यान्सर  गराउने रसायन भेटिएपछि चितवनको इच्छा कामना गाउँपालिकाले  प्रतिबन्ध लगाउने तयारी थालिसकेको छ ।

त्यसै गरी बागलुङको गलकोट नगरपालिका–४ ले  वाईवाई   चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ । वडाभित्र चाउचाउको किनबेचमा पूर्ण प्रतिबन्ध छ ।

काठमाडौं महानगरपालिकाले वाईवाई चाउचाउमा क्यान्सर हुनसक्ने घातक रसायन भेटेको थियो । गत वैशाख १२ गते गुणस्तर परीक्षणका क्रममा एसिड भ्यालु अत्यधिक पाइएपछि महानगरले कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

त्यस्तै, वाईवाई को ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको थियो ।

 प्रकाशित :-  २०८१ जेष्ठ ३०, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय