काठमाडौँ, २९ जेठ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी डा. सर्बेश शर्मालाई दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकको जिम्मेवारीमा उनलाई दिएका हुन् । यसअघि उनी स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा निर्देशकको जिम्मेवारीमा रहेका थिए ।
तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतले डा. शर्मालाई महाशाखाको जिम्मेवारी खोस्दै वीरमा पठाएका थिए ।
प्रकाशित :- २०८१ जेष्ठ २९, मंगलबार

