काठमाडौँ, २८ जेठ ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधरित ‘एकद्धार संकट व्यवस्थापन केन्द्र’को राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।
मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजन थालिएको हो ।
मन्त्रालयले ९४ अस्पतालमा घरेलु हिंसामा परेका व्यक्तिलाई उपचार गर्नका लागि केन्द्र स्थापना गरेको छ । केन्द्रले लैङ्गिक हिंसामा परो विरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवासगृह तथा पुनस्थापना, शिक्षा तथा सशक्तीकरण र घरसायी पुनमिलन गराउने सम्मको कार्य गर्दै आइरहेको छ ।
सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसा सम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैगिक हिंसामा परेका व्यक्ति गरि करिव तीन सय जनाको सहभागिहुने मन्त्रालयको लैङ्गिक समानता तथा समाजिकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले जानकारी दिए ।
उहाँका अनुसार आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र आज सरोकारवालासंग सम्मेलनका लागि सुझाव सङ्ककलन समेत गरिएको छ ।
“मुलुक सङ्घीय मुलुकमा गइसकेपछि लैङ्गिक हिंसा व्यवस्थापन अझै पनि संघको हो भन्ने बुझाई रहेको छ,” उनले भनिन्, “अव लैङ्गिक हिंसा व्यवस्थापन अव सङ्घको मात्र नभई प्रदेश र विशेष गरि स्थानीय तहको हो ।”
शाखाकी सुनालक्ष्मी कर्मचारीका अनुसार केन्द्रमा आर्थिक बर्ष २०८०÷०८१ मा १० हजार ५३३ जना लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको छ । तिमध्ये ५७१ जना पुरुषले रहेका छन् । बलत्कार एक हजार ७५४ जना, यौनहिंसा एक हजार २९६, र शारिरीक हिंसा दुई हजार ८९७ जना, जवरजस्ती विवाह ४९४ जना रहेका छन् ।

