काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने भक्तपुरस्थित दुवाकोटमा निर्माण हुने विस्तारित वीर अस्पतालको जग्गाको अवलोकन गर्दै स्थानीयहरूसँग छलफल गरेका छन् ।

अवलोकनका क्रममा उनले विस्तारित अस्पतालका स्वीकृत निर्माण कार्यलाई अगाडि बढाउन निर्देशन दिए । त्यस्तै त्यहाँ हाल सञ्चालनमा रहेको आधारभूत क्लिनिकमा पनि अन्य आवश्यक सुविधाहरू थप्दै सेवाको गुणस्तरलाई बढाउँदै जान मन्त्रालयका कर्मचारीसहित न्याम्सका उपकुलपति, निर्देशकलगायतलाई निर्देशन समेत दिए ।

 प्रकाशित :-  २०८१ जेष्ठ २१, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय