काठमाडौँ, १९ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा देखिएका स्वास्थ्य सेवाको अवस्था पहिल्याउन अध्ययन समिति गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यिय अध्ययन समिति गठन गरिएको बताए ।
उनका अनुसार कार्यदलले दुई हप्ताभित्र तीन महिनाभित्र गर्न सकिने अल्पकालिन कार्ययोजना, एक आर्थिक बर्षभित्र गर्न सकिने मध्यकालिन कार्ययोजना र पाँच बर्षभित्र गर्नुपर्ने कार्ययोजना तयार पारी प्रतिवेदन मन्त्रालयमा पेश गर्ने छ ।
मन्त्रालयले अस्पतालमा समयमा नै विरामीले उपचारको लागि पालो नपाएको, शल्यक्रियाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने लगायतका गुनासो आएपछि स्वास्थ्य मन्त्री प्रदीप यादवले अस्पतालबाट प्रदान हुने शल्यक्रिया लगायतका सेवा चुस्त दुरुस्त राख्न र गुणस्तर बनाउन समिति गठन गर्नु भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
समितिले उपत्यकामा रहेका अस्पतालको अनुगमन गरि अस्पतालमा हुने शल्यक्रिया लगायतका सेवाको लागि लामो समयसम्म पालो कुनुपर्ने, प्रेषणको अवस्था, सेवाको गुणस्तर एवम प्रक्रिया लगायतका बिषयवस्तुहरुको साथै अस्पतालमबाट प्रदान हुने बहिरङ्ग सेवा, प्रयोगशाला सेवा र रेडियोलोजी सम्बन्धि सेवा तथा अस्पतालमा विरामीको चाप, जनशक्ति, साधन स्रोत एवम् अन्य पूर्वाधारको अध्ययन गरि प्रभावकारी व्यवस्थापनका लागि प्रतिवेदन तयार पार्ने छन् ।

 प्रकाशित :-  २०८१ जेष्ठ १९, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय