काठमाडौँ, । नेकपा (एमाले)को आयोजना गरेको राष्ट्रिय महिला भेलामा ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागि महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।
महासङ्घका अध्यक्ष डा. झलक शर्मा गौतमले २२९ जनामा महिलाको ‘एचपिभि डिएन प्रविधि’बाट ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको जानकारी दिए । उनले एक हजार जनाको स्क्रिनिङ गर्ने लक्ष्य भएपनि सहभागि नआएपछि २२९ जनाको मात्र गरिएको बताए ।
उनले स्क्रिनिङ एक महिनापछि मात्र रिर्पोट आउने भन्दै पोजेटिभ देखिएको खण्डमा विरामीलाई परामर्श गर्नुको साथै उपचारका लागि चिकित्सकको सल्लाह लिन आग्रह गर्ने बताए ।
नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सवभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ ।

