शरद् शर्मा
काठमाडौँ, १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले यसबर्षको नाराले युवाहरुमा सुर्तीजन्य पदार्थको प्रयोग र स्वास्थ्य पर्ने गम्भिर असरलाई मध्यनजर गर्दै सुर्तीजन्य पदार्थको पहुँच र प्रयोगको दरमा कमि ल्याउनुपर्ने बिषयमा ध्यानाकर्षण गराएको बताएकी छन् ।
स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थ रहित दिवस कार्यक्रममा उहाँले हरेक बर्ष विश्वमा सूर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ८० लाख मानिसहरुले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको र नेपालमा ३९ हजार भन्दा बढी अकालमा ज्यान गुमाउने गरेको बताइन् । जुन कुल मृत्युको १८ प्रतिशत हो ।
विश्वभरि आज “सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
राज्यमन्त्री खानले धुम्रपान गर्दा निस्कने धुँवाले धुम्रपान गर्ने व्यक्तिलाई मात्र नभई नजिकै रहेका अन्य मानिसहरुलाई समेत नकारात्मक असर गर्ने भनाई रहेको छ । जसका कारण विश्वमा १२ लाख मानिसहरुले ज्यान गुमाउनुपरेको तथ्याङ्क रहेको छ ।
मनक्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धि दिर्घ रोग र मधुमेह जस्ता नसर्ने रोगहरु निम्याउने प्रमुख कारकको रुप्मा रहेको सुर्तीजन्य पदार्थले स्वास्थ्यको साथै समग्र वातावरणमा पनि क्षति पुर्याएको उनले बताए ।
सुर्तीजन्य पदार्थसंग सम्बन्धित समस्या र स्वास्थ्यको असरहरुको न्यूनिकरणमा अपेक्षित नतिजा हासिल गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र निमयन सम्बन्धि भएका ऐन तथा कानूनलाई थप प्रभावकारी ढङ्गले कार्यन्वयन गर्न अपरिहार्य बनेको उनको भनाई रहेको छ । सुर्तीजन्य पदार्थको विज्ञापनको निषेध गरिएको भएपनि विक्री वितरणलाई कडाईका साथ नियमन गर्न जरुरी रहेको उनले बताइन् ।
जनस्वास्थयका लागि ठूलो चुनौति बनेको सुर्तीजन्य पदार्थको विक्री वितरणमा कडाई गर्नका लागि जनचेतना, विद्यालय स्वास्थ्य शिक्षा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको छ ।
राज्यमन्त्री खानले सुर्तीजन्य पदार्थको विक्री वितरणको पूर्ण निषेध गर्नमा स्थानीय तहको भूमिका रहेको बताइन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले नेपालमा सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्दै नागरिकलाई स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न मन्त्रालयले विभिन्न ऐन, कानूनको बनाएको बताए ।
उनले सुर्तीजन्य पदार्थको सेवनलाई न्यूनिकरण गर्न सुर्तीजन्य पदार्थमा कर बढाउने, धुम्रपान रहित वातावरणमा लागु गर्ने, सादा प्याकेजिङ लागु गर्ने, जनचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सेवा दिने स्थानमा धुम्रपान छोड्न मद्दत गर्न संरचनाको व्यवस्था गर्ने कार्यमा मन्त्रालय सधै अग्रसर रहेको बताए ।
सचिव डा. पोखरेलले सन् २०३० सम्म दिगो विकास लक्ष्य अनुरुप नसर्ने रोगबाट हुने अकाल मृत्युलाई एक तिहाईले घटाउने बताए । ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बालबालिका सुर्तीजन्य पदार्थबाट जोगाउन चकलेट, स्ट्रबेरी, चेरी लगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ वेच्न नहुने बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम बढाउने बताए ।
उनले कुल क्यान्सरको ४० प्रतिशत कारण घुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले हुने गरेको उल्लेख गर्दै धुम्रपानको कारण हुने क्यान्सरमध्ये फोक्सो तथा आन्द्राको क्यान्सरले कुल क्यान्सरको आधा भाग ओगटेको पाइएको बताए ।
त्यस्तै सूर्तीजन्य पदार्थको सेवनले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ । गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मनु तथा समय अगाडि बच्चा जन्मिने, गर्भ तुहिने जस्ता जटिलताहरु निम्त्याउन सक्छ ।
सुर्तीजन्य पदार्थका सेवनले गर्दा मुखको क्यान्सर, फोक्सोको क्यान्सर, श्वासप्रश्वास सम्बन्धि रोग, मस्तिष्कघात तथा रक्तनली सम्बन्धी रोग लाग्ने गर्दछ ।
६ जनालाई पुरस्कृत
दिवसका अवसरमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाम गर्न भूमिका खेलेका छ जना व्यक्ति तथा संस्थाले स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार प्राप्त गरेका छन् । पत्रकार अतुल मिश्र, निता सापकोटा र स् डिवी खड्का तथा संस्थातर्फ हेल्थ नेपाल प्रालि, कर्मचारी तर्फ विनोदविन्दु शर्मा र सुनिल शर्मालाई नगद ५० हजार रुपियाँ सहित पुरस्कृत गरिएको छ । रासस

