काठमाडौँ,। आजदेखि देशभरिका बालबालिकालाई नै पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ अभियान संचालन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई पोलियो रोगबाट बचाउनका लागि ‘आइपिभि’ खोप अभियान संचालन गरेको हो ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई उक्त खोप लगाइने स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उक्त अवधिमा खोप विश्वमा नै अभाव रहेकोले ति विचमा जन्मिएका बालबालिकाले खोप लगाउन पाएका थिएनन । त्यसैले यसपटक ति उमेरसमूहका बालबालिकालाई पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ दिइने थालिएको उनले बताउ ।
उनले नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिएपनि छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकोले खोप अभियान संचालन गर्नु परेको बताए ।
यहि जेठ २६ गतेसम्म संचालन हुने अभियानमा पोलियो विरुद्धको खोप ‘आइपिभि’ मार्फत मृत पोलियो भाइरस हुन्छ ।

