काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले कर्मचारीको सरुवा गरेका छन्।

मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए।

यस्तै, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ। केन्द्रमा हाललाई कसैलाई पनि जिम्मेवारी दिइएको छैन।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालमा निर्देशक रहेका डा युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको छ।

यस्तै, राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मा दिइएको छ।

 प्रकाशित :-  २०८१ जेष्ठ ११, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय