काठमाडौँका करिव एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप
काठमाडौँ, । काठमाडौँ जिल्ला सहित देशभरिका बालबालिकालाई नै पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ अभियान यहि जेठ १३ गतेदेखि संचालन गर्दै छ ।
जनस्वास्थ्य कार्यालय, काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा काठमाडौँ जिल्लाका एक लाख २५ हजार ११७ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन थालिएको कार्यालयका जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिए ।
देशभरि १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई उक्त खोप लगाइने छ ।
यसअघि खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ अभियान लगाउन थालेको हो ।
उनले ७८३ खोप केन्द्र स्थापना गरि ‘आइपिभि’ खोप बालबालिकालाई प्रदान गरिने छ । काठमाडौँमा जिल्लामा एक हजार ४२१ विद्यालयमा खोप अभियान संचालन गरिने छ । खोप अभियानका लागि २७८ स्वास्थ्यकर्मी र ५५६ स्वयसेविका परिचालन गरिने छ । नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिएपनि छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकोले खोप अभियान संचालन गर्नु परेको जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिए ।
“नेपालका मानिसहरु ति दुई देशमा आवत जावत गर्ने भएकोले यहाँ पनि सङ्क्रमण जोखिम रहेको छ । ती दुबै देशहरूमा पोलियो संक्रमण नरोककएसम्म अन्य देशहरू पनि जोखिम हुने गर्दछ ” उनले भने ।
खोप विस २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन थालिएको हो । उक्त समयमा ‘आइपिभि’को विश्वबजारमा अभाव रहेकोले ति समयमा जन्मेका बालबालिकालाई खोप लगाउन पाइएको थिएन । त्यसैले सो समयमा जन्मेका बालबालिकालाई पोलियो रोगबाट बचाउनका लागि ‘आइपिभि’ खोप प्रदान गर्न थालिएको जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन प्रसाद सापकोटाले जानकारी दिए । उनले खोप अभियान संचालनका लागि स्वास्थ्यकर्मीलाई खोप लगाउने बिषयमा अभिमुखीकरण तालिम समेत सम्पन्न गरिएको बताए ।
यस्तै यहि जेठ २६गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसंग पनि समन्वय गरिएको उहाँको भनाइ रहेको छ ।
खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन ( गाभी)ले ३२ करोड रुपिया बराबरको खोप उपलब्ध गराइसकेको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियो विरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ ।

