काठमाडौ, । नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय न्न्यूरो सम्मेलन’ आजदेखि शुरु भएको छ ।
नेपाल न्युरोलोजी समाजको आयोजतामा यहि आज र भोलि हुने सम्मेलन ह्यात होटेलमा चलिरहेको छ ।
सम्मेलनमा न्युरोलोजी सम्बन्धि कडा रोगहर विर्सने रोग, पक्षपात, छारेरोग, जीउ हल्लिने रोग र माशपेशी सम्बन्धि रोगबाट छलफल भई उपचारमा आधुनिक प्रविधिको बारेमा छलफल हुने समाजका अध्यक्ष प्राडा कृष्णकुमार ओलीले जानकारी दिए ।
उनले सम्मेलनमा नेपाल र विदेशबाट आएका चिकित्सकसग पनि त्यहाँ न्यूरोलोजी सम्बन्धि रोगको उपचारका लागि अपनाइएका उपचार पद्धतिबारे अनुभव आदा प्रदान गरिने बताए ।
सम्मेलनमा नेपालमा न्युरोलोजी इन्सिच्युट स्थापना गर्नकालागि पनि सरकारलाई दवाव दिने समाजका अध्यक्ष प्राडा ओलीले बताए ।
सम्मेलन नेपाल सहित भारत, अमेरिका, श्रीलङ्का, स्पेन, हल्याण्डका न्यूरोलोजी सम्बन्धि तीनसय भन्दा बढी चिकित्सकको सहभागिता रहेको छ ।

