काठमाडौँ, ।अनेरास्ववियुले भोलिदेखि हुने ‘विद्यार्थी महोत्सव’ को तयारी पुरा गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारी सवै पुरा भएको अनेरास्ववियुका अध्यक्ष समिक वडालले जानकारी दिए । उनले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउन महोत्सव गर्न थालिएको बताए ।
महोत्सव भृकुटीमण्डपमा जेठ १ देखि ३ गतेसम्म संचालन हुने छ ।
युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट एउटा नयाँ जागरण ल्याउने प्रत्यत्न गर्ने उनले बताए । अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउुको साथै शिक्षा प्रणाली सुधार गर्न के–के आवश्यक छ भनेर सुझाव दिने समेत बताए ।
उनले विद्यार्थी महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिवी, जेहेन्दार विद्यार्थीलाई छात्रवृतिका लागि दिइने घोषणा गरे ।
महोत्सवमा प्रत्यक्ष परियोजनाहरू, .लाइभ म्युजिक, करियर काउन्सिलिङ्ग, बहस र संवाद, सातवटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, .फूड स्टल, ई–गेमिङ्ग प्रतियोगिता, रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता,.चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम गरिने छ ।
यस्तै विद्यार्थी महोत्सवमा नेपालको शिक्षा प्रणाली, विद्यार्थी आन्दोलन लगायत बिषयमा सामूहिक छलफल समेत हुने छ ।
विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसंग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई हामीले सरकार र सम्बन्धित निकायलाई सुझाव दिने उनको भनाई रहेको छ । विद्यार्थी महोत्सवका संयोजक धर्म गिरीका अनुसार महोत्सव’ मा १५० भन्दा बढी शैक्षिक स्टल राखिने छ ।
‘विद्यार्थी महोत्सव’ विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नका लागि लाइभ म्युजिक कार्यक्रम समेत राखिएको छ । जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सांगितिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने छन् ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाले महोत्सवमा देशभरिबाट करिव एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिएका राखिएको बताए ।

 

 प्रकाशित :-  २०८१ बैशाख ३१, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय