काठमाडौँ, । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर )महिलाहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
निलहिरा समाजले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा यहि जेठ ३ गते प्रतियोगिता गर्न थालेको समाजका सदस्य सिम्रन शेरचनले जानकारी दिइन् । राष्ट्रिय नाचघरमा प्रतियोगिता हुने छ ।
उनका अनुसार प्रतियोगितामा १९ जना यौनिक तथा अल्पसङ्ख्यक महिलाहरुको सहभागित हुने छ ।
यौनिक तथा अल्पसङ्ख्यक समुदायको घृणा विरुद्धको दिवस पारेर समाजले प्रतियोगिता गर्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठनले ११९० मे १७ तारिखमा यौनिक तथा अल्पसङ्ख्यक मानसिक रोग होइन भनेर अवसरमा दिवस मनाउँदै आएका छन् । यसबर्ष ‘कोही पनि पछाडि नपारिउन ः सवैको समानता र सामाजिक न्याय कायम होस्’ भन्ने नाराका साथ मनाइदै छ ।
यौनिक तथा अल्पसङ्ख्यक महिलाहरुलाई स्थापित गराउन, क्षमता अभिवृद्धि गर्न प्रतियोगिता गर्न थालिएको उनले बताइन् ।
उनले प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई नगद राशी सहित प्रमाणपत्र दिइने बताइन् ।
प्रतियोगितामा प्रथम हुनेलाई थाइल्याण्डको बैककमा हुने ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता सहभागि हुने छन् ।
प्रतियोगितामा सहभागि हुनेलाई १५ दिनसम्म तालिम दिइएको थियो । तालिममा क्षमता अभिवृद्धि र व्यक्ति विकास लागि तालिम दिइएको थियो ।

 प्रकाशित :-  २०८१ बैशाख २९, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय