काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते साथ खोप लगाउँदै छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नियमित खोप लगाउन छुटेका बालबालिकालाई वृहत खोज र खोप अभियान संचालन गरेर खोप लगाउन थालिएको छ ।
उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ बर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ ।
सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच बर्षसम्मका उमेरका बाललालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क प्रदान गर्दछ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सवै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन ।
केही जिल्लामा खोप छुट बच्चाको संख्या बढदै गई दादुरा रुवेलाको महामारी समेत देखापरेकोले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो ।
मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन र छिमेकीका कोही खोप लगाउन छुटेका छन भने खोप लगाउन समन्वय गरिदिन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
पूर्ण खोप नलगाउदासम्म कोही पनि सुरक्षित नहुने भएकोले मनत्रालयले सवै बालबालिकालाई पूर्ण खोप लगाउन आग्रह गरेको छ ।

 प्रकाशित :-  २०८१ बैशाख २१, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय