भक्तपुर, । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १२ औं वार्षिकोत्सव मनाएको छ ।
मानिसका शरीरका अङ्गको प्रत्यारोपण गर्ने उद्देस्यले १२ वर्ष अगाडी नेपाल सरकारले स्थापना गरेको सो केन्द्रमा पछिल्लो समय मिर्गौला र कलेजो प्रत्यारोपण हुँदै आएको छ ।
बार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा।दिपेन्द्र रमण सिंहले धर्मभक्त प्रत्यारोपण केन्द्रले छोटो समयमा धेरै प्रगति हाँसिल गर्न सफल भएको बताए। उनले नेपालमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको भन्दै १२ वर्षको अवधिमा एक हजार तीनसय जनाको मिर्गौला प्रत्यारोपण हुनु गौरवको विषय भएको बताए।
कार्यक्रममा भक्तपुर जिल्लाका सांसद प्रेम सुवालले मानव अङ्ग प्रत्यारोपण केन्द्रको विकास र विस्तारमा आफू सधैँ प्रतिवद्ध रहेको बताए। उनले केन्द्रलाई स्थान अभाव रहेको भन्दै तत्काल केन्द्रलाई सरकारले जग्गा उपलब्ध गराउनुपर्ने बताए ।
अर्का सांसद दुर्लभ थापाले अस्पताललाई आवस्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवाज उठाउने बर्ता। उनले केन्द्रले गरेको कामको प्रसंशा गर्दै केन्द्रले छोटो अवधिमा ठूलो फड्को मार्न सफल भएको बताए ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले अस्पतालले गरेको प्रगतिबारे प्रष्ट्याए । उनले केन्द्रले हालसम्म एक हजार तीनसयको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिए ।
केन्द्रले २०८० बैशाख देखि चैत्र मसान्त सम्म १८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण गरेको छ । उनले केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको बताए
कार्यक्रममा विरामीको तर्फबाट मिर्गौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मिर्गौला पिडित सरोकार समाजका संस्थापक अध्यक्ष बलराम सुवेदीले मिर्गौला बिरामीको उपचारमा केन्द्रको ठूलो योगदान रहेको बताए ।
१२ औँ वार्षिकोत्सवका अवसरमा केन्द्रमा स्थापनादेखि कार्यरत डा। दिपेश श्रेष्ठलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको छ । सर्जन डा।श्रेष्ठ युरोलोजी तथा प्रत्यारोपण विभागमा कार्यरत छन् ।

 प्रकाशित :-  २०८१ बैशाख १२, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय