काठमाडौं । नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा कृष्णमान शाक्य निर्विरोध निर्वाचीत भएका छन् । धादीङका शाक्य सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यो भन्दा अघिको कार्यकालमा शाक्य उपाध्यक्ष रहेका थिए । यस्तै, उपाध्यक्षमा तेजप्रसाद दुवाल निर्वाचित भएको केन्द्रिय निर्वाचन समितिका संयोजक लक्ष्मीरमण वनले जानकारी दिए ।
महासचिवमा कैलाश खाकी श्रेष्ठ, सचिवमा भिमप्रसाद सापकोटा, कोषाध्यक्षमा विजय ढकाल निर्वाचित भएको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सहकोषाध्यक्षमा मायाकुमारी गोले, सदस्यहरुमा दिलीपकुमार यादव, अनुजा खनाल, नरेश प्रसाद जोशी, श्रीकृष्ण बस्नेत, विकेश मल्ल, बिनोद कुमार पाखरेल, मनोज सिग्देल र अमृत विष्ट निर्वाचित भएका छन् । आगामी २०८१ बैशाख ८ गते निर्वाचन तोकिएपनि तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि निर्वीरोध निर्वाचित भएको घोषणा गरिएको हो ।


