काठमाडौँ, । सरकारले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्री परिषद्को बैठकले प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा डा. चौधरी र सदस्य पदमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराईन् ।

यस्तै, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताइन् ।

 प्रकाशित :-  २०८० चैत्र २२, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय