काठमाडौँ, । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवलाई नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या विभागले ध्यानाकर्षण पत्र बुझाएको छ ।
मन्त्री यादवलाई विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठका नेतृत्वमा गएको टोलीले १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हो ।
पत्रमा स्वास्थ्य सेवामा बाझिएका कानूनको तत्काल संशोधन गर्नुपर्ने, सामाजिक स्वास्थ्य विमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाउनका लागि तत्काल कानून सम्मत स्वास्थ्य विमा बोर्डका पदाधिकारीको पदपूर्ति गर्दै संगठन व्यवस्थापन गर्नुपर्ने, आधारभूत अस्पताल चाँडै सम्पन्न गर्नुपर्ने माग रहेका छन् ।
यस्तै झाडापाखला, डेङगी, दादुरा, कोरोना भाइरस लगायत महामारी जन्य रोगको रोकथाम तथा नियन्त्रण र बाढी पहिरो लगायतको जल उत्पन्न विपत्तिको व्यवस्थापन गर्ने कार्यको पूर्व तयारी गर्नुपर्ने, वीर अस्पताल लगायतका केन्द्रीय अस्पतालमा थप जनशक्ति थपेर पूर्ण रुपमा संचालन गर्नुपर्ने, सवै अस्पतालको सेवाको एकिकृत जानकारी गराउने प्रविधि बनाई सेवा र सुविधाको पारदर्शिता गराउनुपर्ने, चिकित्सक, स्वास्थ्यकर्मी लगायतको युवा जनशक्तिको विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनुपर्ने लगायतका माग राखिएका छन् ।
ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले सरकार गुणस्तरिय स्वास्थ्य सेवा दिन प्रतिवद्ध रहेको भन्दै मागलाई सम्बोधन गर्ने बताए ।

 प्रकाशित :-  २०८० चैत्र २१, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय