काठमाडौँ, । गर्मीयाम शुरु भएसंगै डेङ्गु रोगको पनि जोखिम बढन थालेको छ ।
गर्मीबढेसंगै मानिसले पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानी रहेको लामखुट्टैले टोक्ने भएकोले डेङ्गुको जोखिम बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले गर्मीसंगै पानी पनि पर्न शुरु हुने भएकोले डेङ्गुको जोखिम बढ्ने भएकोले सचेतना अपनाउन आग्रह गरे ।
“गर्मीसंगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ,” उनले भने ।
उनले जोखिम हुने ठाउँका पहिचान गरेर लामखुट्टै मार्न अभियान संचालन गर्न स्थानीय तहलाई निर्देशन दिइसकेको बताए ।
“माघ यता डेङ्गु रोग देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टै खोज र नष्ट अभियान संचालन गर्न पनि निर्देशन दिएका छौ, ” उनले भने, “अन्य स्थानीय तहलाई पनि डेङ्गु रोगबारे सचेतना जगाउन आग्रह गरेका छौ । ”
डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
डेङ्गु गर्दा उच्च ज्वरो आउने,टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन ।
लामखुट्टैबाट बच्नका लागि सधै झुल टाँगेर मात्र सुत्न, खेतवारीमा कामा गर्दा लामो वाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टै भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षि व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।
सन् २०२३ मा करिव ५१ हजार १४३ जना र सन् २०२२ मा ५४ हजार ६३० जनामा डेङ्गु देखिएको थियो ।
नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका विरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।

 प्रकाशित :-  २०८० चैत्र २१, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय