काठमाडौँ, । नेकपा (एमाले)का पूर्व सचिव नेता टोपवहादुर रायमाझीलाई चिकित्सकको निगरानीमा राखिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उपचाररत रहनु भएका नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेकोले मुटुको चालको निगरानीका लागि राखिएको रायमाझीको उपचाररत खटिनु भएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले बताए ।
“उहाँलाई रिगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो” उनले भने “अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ । रिर्पोट आएपछि के भएको भन्ने थाहा हुन्छ ।”
उनले रिर्पोट आएपछि उपचारको गरिने बताए ।
वरिष्ठ मुटु रोग विशेष डा. पौडेलले उनको स्वास्थ्य अवस्थामा त्यस्तो कुनै समस्या नभएपनि मुटुको चाल मात्र कम भएको बताए । मुटुमा समस्या आएपछि हिजो उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

 

 प्रकाशित :-  २०८० चैत्र १५, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय