काठमाडौँ, । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा उज्जवल चालिसेलाई दिइएको छ ।

उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

डा चालिसेले यसअघि पनि निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए। अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठ उमेर हदका कारण बुधबारबाट अवकाश भएका छन् ।

 प्रकाशित :-  २०८० चैत्र १५, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय