काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
सर्बोच्चका न्यायाधीशद्धय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको खण्डमा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
बीएण्डसीले सम्वन्धन पाउन भन्दै विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो ।
प्रकाशित :- २०८० चैत्र १२, सोमबार

