काठमाडौँ, । सरकारले संचालन गरेको दादुरा–रुवेलाको विरुद्धको खोप अभियानमा सम्पन्न भएको छ ।
दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि संचालन गरेको खोप अभियान हिजो चैत ७ गते सम्पन्न भएको हो ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले प्रारम्भिक तथ्याङ्क अनुसार करिव ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताए ।
उनका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएकोमा करिव ५६ लाख ४३ हजार ९१२ जना बालबालिका खोप लगाएका छन् । “हाम्रो लक्ष्य अनुसार नै बालबालिकाले खोप लगाएका छन्” उनले भने, “ प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशत खोप लगाएको पाइएको छ । पूर्ण तथ्याङ्क आउँदा करिव सतप्रतिशतले खोप लगाएको हुनुपर्दछ ।”
सरकारले यसबर्ष दादुरा रुवेलाको सङक्रमणलाई ध्यान दिदै पश्चिम रुकुम र जाजरकोट जिल्ला वाहेक ७५ जिल्लामा खोप अभियान संचालन गरेको थियो । पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै खोप अभियान संचालन गरेको थियो ।
खोप भारतसंग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई पनि खोप लगाइएको थियो ।
खोप विहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइएको थियो ।
खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्रमा ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयसेवक परिचालन गरिएको थियो ।

 

 

 प्रकाशित :-  २०८० चैत्र ८, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय