काठमाडौँ, । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले दादुरा–रुवेलाको विरुद्धको खोप लगाउन सवै बालबालिकालाई अनुरोध गरेका छन् ।
उनले भिडियो सन्देश जारी गरि दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले संचालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सवै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन् ।
उनले सन् २०२६ मा दादुरा रुवेला रोग निवारण गर्ने विश्वसामु प्रतिवद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा संचालन गर्नु परेको उल्लेख गरे ।
उनले सन्देशमा गतबर्षको मङ्सिरदेखि नेपालमा दादुरा महामारी फैलिएको तराई, मधेश र काठमाडौँ उपत्यकाका जिल्लामा फैलिएको हुँदा ति जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख गरे ।
खोप भारतसंग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई पनि खोप लगाइदै छ ।
“दादुरा रुवेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिलो यो खोप लगाएका वा नलगाएका सवैले यस अवसरमा खोप लगाुउनुपर्दछ,” उनले भनेका छन ।
उनले खोप सेवा विभिन्न खोप केन्द्रबाट प्रदान गरिदै छ र खोप केन्द्र संचालन हुने स्थान र मितिबारे स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउनु जान अनुरोध गरेका छन । उनले जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने यस प्रकारका कार्यक्रमको आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन स्थानीय तहको नेतृत्वदायी भूमिका अत्यन्तै प्रभावकारी हुने बताए ।
मन्त्री यादवले अभियानलाई सफलतापूर्वक संचालन गर्न स्वास्थ्य मन्त्रालयको सार्थ प्रदेश तहमा रहेका सम्बद्ध मन्त्रालय र जिल्ला तथा स्थानीय तह र साझेदार संघसंस्थाहरु अनुरोध समेत गरे ।
गत फागुन १३ गतेदेखि दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्ला वाहेक सवै ७५ जिल्लामा यहि चैत ७ गतेसम्म खोप अभियान संचालन गरेको हो । ति जिल्लाका कुल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ ।

 प्रकाशित :-  २०८० चैत्र २, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय