काठमाडौं, । स्वास्थ्य बिमा बोर्डले नीजि अस्पतालमा उपचार गर्ने विरामीले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।
बोर्डले स्वास्थ्य विमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोशन गरेर अवदेखि बोर्डमा आवद्ध विमितले नीजि तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विरामीले २० प्रतिशत रकम उपचार खर्चवापत तिर्नुेपर्ने बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेवापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ ।
यसअघि गत माघ १ गतेदेखि सरकारी, नीजि तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्नुे व्यवस्था गरिएको थियो । बोर्ड पनि पुन: कार्यविधि संशोधन गरेर सरकारी र नीजि तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो ।
उनले सरकारी अस्पतालको सक्षमतामा विकास गर्न र विरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र नीजि तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए ।
गत माघ महिनादेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागु गरेको हो ।
कार्यकारी निर्देशक डा. बसौलाका अनुसार सहभुक्तानीले १५ शैय्यासम्मका आधारभूत अस्पतालमा भने लागु हुँदैन । संघीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सवै नीजि, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणााली लागु हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

 

 

 

 प्रकाशित :-  २०८० फागुन २८, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय