काठमाडौं । डेन्टल हाईजिनिस्टलाई पाँचौ तहबाट नै प्रबेस पाउने ब्यबस्था गराउने लगायतका माग राख्दै नेपाल डेन्टल साईन्स एसोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ ।

एसोसियसनका अध्यक्ष माइकल देवकोटाको नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल समक्ष मागपत्र पेश गरेको हो ।

मागपत्रमा नेपाल स्वास्थ्य व्यवसायी परिषदले जारि गरेको कोड अफ ईथिक्सको आधारमा क्लिनिक संञ्चालन अनुमति दिनुपर्ने, परिषदको दफा २६ बमोजिम कोषको हिसाब किताबसम्बन्धी कागजात खर्च र खरिद लगायतको छानबिन गर्नुपर्ने, सरकारी सेबामा आबद्ध डेन्टल हाईजिनिस्टलाई तालिमको ब्यबस्था गर्नुपर्ने विषय समेटिएको छ ।

डेन्टलको उपकरणमा भन्सार कर छुटको ब्यबस्था गर्नुपर्ने एशोसियसनको माग छ । यस्तै, नेपाल स्वास्थ्य ब्यबसायी परिषदमा डेन्टलको प्रतिनिधित्व हुनुपर्ने, दैनिक प्रयोग गरीने दन्त मञ्जनको गुणस्तर र त्यसको बनाबटको बारेमा यथासक्य छानबीन गरि जनचेतनामा अभिबृदिमा अनिबार्य राज्यलाई सहयोग गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।
मगपत्रमा औषधीजन्य मञ्जनको लामो प्रयोगले मानब शरिरमा हानी गर्ने हुँदा नेपाल मेडिकल काउन्सील र नेपाल स्वास्थ्य ब्यबसायी परिषदमा दर्तावाल दन्त स्वास्थ्यकर्मिको सिफारिसमा मात्र प्रयोगमा ल्याउनुपर्ने ब्यबस्था गरीनुपर्ने, सरकारि संस्थामा कार्यरत डेन्टल हाईजिनिस्ट लाई भत्ताको ब्यबस्था गरिनुपर्ने, डेन्टलमा उपचारमा प्रयोग गरिने औषधीजन्य मेटेरियललाई औषधी व्यवस्था बिभागको अनुमतिमा मात्र बिक्रि बितरण गरिने ब्यबस्था गरिनुपर्ने विषय समेटिएको छ ।

मगपत्र बुझ्दै स्वास्थ्य सचिव डा.रोशन पोखरेलले मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको र यसलाई टुंगोमा पु¥याइने बताए ।

 प्रकाशित :-  २०८० फागुन १८, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय